काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वाञ्छित सीमाभित्र रहेर प्रक्षेपित जिडिपीको तुलनामा सानो आएको दाबी गरेका छन् ।
बजेट सार्वजनिक पछि अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले प्रक्षेपित जिडिपी ७४ खर्ब ५८ अर्ब रहेको र बजेट त्यसको २८ प्रतिशत मात्रै रहेको र यसलाई ठूलो भन्न नमिल्ने मन्त्री वाग्लेले बताए ।
बाह्य ऋण २ खर्ब ४८ अर्ब र आन्तरिक ऋण ४ खर्ब १० अर्ब रहेको छ । यसले कुल ऋण करिब ३६ खर्ब पुग्नेछ । आन्तरिक ४१० अर्ब ऋण लिएकोमा त्यसमध्ये धेरै रकम ऋण तिर्दै सकिने उनले बताए ।
अर्थमन्त्री आगामी आर्थिक वर्षको बजेट रास्वपाको वचनपत्र पालना गरेको बताएका छन् । रास्वपाले ल्याएको ५ बुँदे करारपत्रलाई समेत आत्मसात् गरेको उनको भनाइ छ ।
१० देखि १२ लाख रोजगारी बढाउने नीति रहेको उनको भनाइ छ । रास्वपा आएपछि सुशासन र सदाचार बढेको र बजेटले यसलाई आत्मसात् गरेको उनको भनाइ छ ।
बजेटको आकार र ऋणको विषयमा बजारमा निकै आलोचना भएको आफूले पाएको जानकारी गराए । यो बजेट पनि ठूलो आयो भनेर आलोचना भएको र बजेट कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा चर्चा हुने गरेको उल्लेख गरे ।
अर्थशास्त्रमा नम्बर मात्र हेरिँदैन — ठूला अंकलाई जिडिपीमा राखेर हेर्नुपर्ने उनको दाबी छ । यो बजेट अंकभन्दा पनि आकारमा राम्रो भएको उनको दाबी छ ।












प्रतिक्रिया दिनुहोस्