Skip to content

रास्वपा सभापति लामिछाने नयाँ दिल्लीमा

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन् ।

भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका छन् ।

लामिछाने ५ दिने भ्रमणका लागि भारत गएका हुन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारत पुगेका हुन् ।

लामिछानेसँगै सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

उनी भ्रमण सकेर २२ गते स्वदेश फर्कनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi