काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मध्यान्न १२ बजेका लागि बैठक बोलाइएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ । आज बस्ने बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने सम्भावना रहेको अनुमान गरिएको छ ।
बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । जसमा अध्यक्ष छनोट समितिले ४७ जनाबाट ४ जनाको नाम अर्थमन्त्रालयलाई सिफारिस गरेको छ ।
सिमितले डा. नवराज अधिकारी, विनयदेव आचार्य, डा. गोपालप्रसाद भट्ट र मुकुन्दकुमार क्षेत्रीलाई सिफारिस गरेको छ । तै पनि सरकारले लामो समयदेखि अध्यक्ष नियुक्त गर्न सकेको छैन । यसले पनि सरकारको वित्तीय पारदर्शीतामा प्रश्न उठन थालेको छ ।
यो सरकारले अनुकुल नहुने निर्णय गर्नुपर्दा पहिलाका सरकारले लामो समय नियुक्त नगर्दा हुने, हामीले किन आजको भोली नै गर्नु भन्ने तर्क दिन थालेकोछ ।












प्रतिक्रिया दिनुहोस्