Skip to content

विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड बन्यो एक्सपेङ

nabil bank

काठमाडौं । अत्याधुनिक प्रविधिमा आधारित विद्युतीय सवारी निर्माता एक्सपेङले सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीले ७ प्रमुख देशहरूमा उदाउँदो चिनियाँ ईभी ब्रान्डअन्तर्गत बिक्रीमा नम्बर १ स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप सशक्त बनाएको जनाएको छ।

कम्पनीको सफलतामा एक्सपेङ जी–६ मोडलको महत्वपूर्ण योगदान रहेको छ। स्मार्ट परफर्मेन्स, प्रिमियम कम्फर्ट तथा भविष्य–केन्द्रित डिजाइनका कारण जी–६ ले विद्युतीय मोबिलिटीको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको कम्पनीको दाबी छ। प्रयोगकर्ता–केन्द्रित इन्जिनियरिङ तथा नवीन प्रविधिप्रतिको प्रतिबद्धताले एक्सपेङलाई विश्वभर दिगो तथा स्मार्ट यातायातको अग्रणी ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको बताइएको छ।

नेपालमा पनि एक्सपेङप्रति ग्राहकको आकर्षण बढ्दो क्रममा रहेको छ। एक्सपेङ नेपालले ९ नोभेम्बर २०२४ मा काठमाडौंस्थित आफ्नो शोरुममा एक्सपेङ जी–६ सार्वजनिक गरेको थियो। सोही अवसरमा कम्पनीले २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली बजारमा स्मार्ट विद्युतीय सवारीप्रतिको बढ्दो रुचि झल्काएको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi