Skip to content
Prabhu

हिमालयन लाइफद्वारा आश्रम तथा विद्यालयमा खाद्यान्य र स्टेसनरी सामग्री वितरण

 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं वार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्य र स्टेसनरी सामग्री वितरण गरी कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले कोशी प्रदेशअन्तर्गत विराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेसनरी तथा बिराटेश्वर वृद्धाआश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा बृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री र वृद्धवृद्धाहरुका लागि खाद्यान्य वितरण गरेको छ । कम्पनीले मधेस प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी बृद्धाआश्रम, बर्दिबास स्थित भुवनेश्वरी बृद्धाआश्रम र वीरगंजस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी, बागमती प्रदेशअन्तर्गत अपाङ्ग पुनस्थापना केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ भने गण्डकी प्रदेशअन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहर स्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्टेसनरी वितरण, पोखरास्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत बुटवल स्थित अपाङ्ग आश्रममा खाद्यान्य वितरण, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका वृद्धाबवृद्धालाई खाद्यान्य वितरण, कपिलवस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत बिद्यालय, झलारी स्थित बिद्यालयमा र धनगढीस्थित परिवार वालगृहमा खाद्यान्य तथा बिद्यार्थीहरुलाई स्टेसनरी सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलबार १६ वर्ष पूरा भएको छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal