Skip to content

विदेशी मुद्रा सञ्चिति जोगाउन आरबीआईले बेच्यो सुन 

nabil bank
काठमाडौं । ब्लूमबर्ग इकोनोमिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले विदेशी मुद्रा सञ्चिति जोगाउन करिब १२ अर्ब अमेरिकी डलर बराबरको सुन बिक्री गरेको दाबी गरिएको छ। आरबीआईले यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
प्रतिवेदनअनुसार आरबीआईले मे महिनाको दुई साताको अवधिमा सुन बिक्री गरेको हो। सोही अवधिमा आरबीआईले ७.५ अर्ब अमेरिकी डलर बराबरका विदेशी मुद्रा सञ्चिति पनि खरिद गरेको बताइएको छ। यो आकलन सार्वजनिक रूपमा उपलब्ध तथ्यांकको विश्लेषणका आधारमा गरिएको हो। मार्च महिनाको अन्त्यसम्म आरबीआईसँग ८८०.५२ मेट्रिक टन सुन रहेको थियो, जसमध्ये ७७ प्रतिशत सुन भारतभित्रका तिजोरीहरूमा भण्डारण गरिएको थियो।
विश्लेषकहरूका अनुसार होर्मुज जलमार्गमा देखिएको अवरोधका कारण भारतको आयात खर्च बढेको छ। विश्वको तेस्रो ठुलो तेल आयातकर्ता मुलुक भएकाले भारतले कच्चा तेल खरिदका लागि थप विदेशी मुद्रा खर्च गर्नुपरेको छ। यसले भारतीय रुपैयाँ र विदेशी मुद्रा सञ्चितिमा दबाब बढाएको बताइएको छ।
ब्लूमबर्ग इकोनोमिक्सको प्रतिवेदनले आरबीआईले विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सुन बिक्री गरेको हुन सक्ने अनुमान गरेको छ। तर यसबारे आरबीआईबाट कुनै औपचारिक पुष्टि भने भएको छैन।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi