Skip to content

भुक्तानी प्रणालीसम्बन्धी राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन, के थपियो मापदण्डमा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको जनाएको छ ।

राष्ट्र बैंकले संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीको वित्तीय गैरकानूनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक संलग्नता सम्बन्धमा संस्थाले विवरण पेश गर्नुपर्ने छ ।

चुक्ता पूँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पूँजी लगानी वा खरिद गर्दा, संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति मनोनयन गर्दा र ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पूँजीमा वास्तविक धनी वा हिताधिकारी रहेमा पेश गर्नु पर्ने छ ।

यसका लागि आवश्यक पर्ने विवरणमा सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालनाको स्वघोषणा गर्नुपर्ने छ ।

सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण,वास्तविक छनी तथा हिताधिकारीको विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको घोषणा र भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहेको लिखित रूपमा जानकारी भएको भए सोको विवरण आवश्यक पर्ने छ ।

अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेश बमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरण आवश्यक पर्ने छ ।

नेपाल वा विदेशमा कर्जा सम्बन्धी कालोसूचीमा परे वा नपरेको विवरण, नेपाल र विदेशमा स्वार्थको द्वन्द्र हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण, सम्बन्धित व्यक्ति नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणा गर्नुपर्ने छ ।

यस्तै विगतमा संलग्न भएको कार्य, संस्था,प्राप्त भएको जिम्मेदारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण र वित्तीय आचरण ९फाइनान्सियल साउन्डनेस० सम्बन्धी विवरण तथा यो मापदण्ड प्रारम्भ हुँदाका बखत कायम रहेको व्यक्तिको हकमा बुँदा ९ख०बमोजिमको विवरण लिई यस विभागमा पेश गर्नुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T