काठमाडौं । बुधबार सेयर बजार बढेको छ। बुधबार सेयर बजार मापक नेप्से परिसूचक २.६६ अंक बढेर २७८०.२५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ।
सेयर बजारसंगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब २६ करोड रुपैयाँको सेयर खरिदबक्री भएको बजारमा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३६ प्रतिशत घटेको छ।












प्रतिक्रिया दिनुहोस्