Skip to content

नक्कली कम्पनी खडा गरी कर्जा दुरुपयोग गर्ने ओमप्रसाद पाण्डे पक्राउ

काठमाडौं । कर्जा दुरुपयोग तथा बैंकिङ कसूरसम्बन्धी आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार पाण्डेले कम्पनी तथा कृत्रिम व्यवसाय खडा गरी, आवश्यक कागजात तथा परियोजना प्रतिवेदन (डीपीआर) बिना नै धितोको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराई विभिन्न बैंकबाट कर्जा लिएको आरोप छ।

अनुसन्धानका क्रममा उनले प्रभु बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनभन्दा अन्यत्र प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको भेटिएको प्रहरीले जनाएको छ। उक्त कार्य बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर भएको प्रहरीको भनाइ छ।

काठमाडौं महानगरपालिका–९, रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समितिका अध्यक्ष हुनुका साथै सम्बन्धित कम्पनीका एकल सञ्चालकसमेत रहेको पाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T