काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता यस्तो सेयर नेप्सेमा सूचीकृत भउको हो । बैंकले “८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गरेको थियो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उक्त सूचीकृत भएको छ ।
उक्त सेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपियाँँ रहेको छ । नेप्सेमा सूचीकृत भएको उक्त अग्राधिकार सेयर २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध रहेको छ ।












प्रतिक्रिया दिनुहोस्