Skip to content
Prabhu

मंगलबार सेयर बजार ६.२२ अंकले बढ्यो, कारोबार ४ अर्ब ८ करोड

 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३१५ कम्पनीको ८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८ सय ७७ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिईडीबी हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको २० करोड ९२ लाख ४२ हजार ७४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय १९ रुपैयाँ पुगेको छ ।

आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ग्लोबल आइएमई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बुद्ध धुमी हाइड्रोपावर कम्पनीको सेयर ५.५१ प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal