Skip to content

विश्वकपमा टीसीएलको नयाँ योजना

nabil bank

काठमाडौं । उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विश्वकपलक्षित नयाँ योजना ल्याएको छ। कम्पनीले आर यु रेडी फर ग्रेटनेस योजना ल्याएको हो।

कम्पनीका अनुसार विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यका साथ ल्याइएको यस अफरमा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधाहरू समावेश गरिएको छ।

यो अभियानले फुटबलप्रेमी नेपालीहरूलाई आफ्नै घरमा स्टेडियम सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। टीसीएलका अत्याधुनिक टेलिभिजनहरूले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ। यस विशेष अफरअन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

विश्वकपका अविस्मरणीय क्षणहरूलाई अझ विशेष बनाउने यस योजनासँगै टीसीएलले २ं२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकहरूलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभवसँगै विश्वसनीय सेवाको भरोसा प्रदान गर्नेछ।

टीसीएलले विश्वभर आफ्नो उत्कृष्ट डिस्प्ले प्रविधि, प्रिमियम पिक्चर क्वालिटी, शक्तिशाली अडियो अनुभव तथा स्मार्ट इनोभेसनका लागि विशेष पहिचान बनाएको छ। नेपाली बजारमा पनि टीसीएलका टिभी ग्राहकहरूको पहिलो रोजाइ बन्दै गइरहेका छन्, जसले आधुनिक परिवारलाई विश्वस्तरीय मनोरञ्जन अनुभव प्रदान गरिरहेका छन्।

टीसीएलले नागरिकता मात्रको आधारमा सहज ईएमआई सुविधा समेत उपलब्ध गराएको छ, जसले प्रिमियम होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभरका आधिकारिक सीजी इलेक्ट्रोनिक्स शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi