Skip to content

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक: सर्टिफाइड मात्र होइन, क्वालिफाइड जनशक्ति आवश्यक- कार्यवाहक अध्यक्ष अधिकारी

nabil bank

पोखरा । नेपालमा तीव्र गतिमा बढिरहेको युवा जनशक्ति पलायनलाई रोक्न सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य भएको सरोकारवालाहरूले बताएका छन् ।

यसै सन्दर्भमा, देशकै अग्रणी प्रविधि संस्था टेक पाईला इनोभेसन्सले पोखरामा एक विशेष समारोहका बीच आफ्नो गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको औपचारिक शुभारम्भ गरेको छ।

कार्यक्रमका नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले टेक पाईलाको प्रादेशिक सुरुवात गरे । उद्घाटन मन्तव्य राख्दै मल्लले भने, “कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार हुन्। विश्व एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको बेला नेपालले नीतिगत सुधार, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनमा ढिलाइ गर्नु हुँदैन।”

उनले थपे, “कक्षा १२ उत्तीर्ण हुनासाथ विदेशिने युवाको लर्को रोक्न नेपालमै ‘कमाउँदै, रमाउँदै र सिक्दै’ अघि बढ्ने वातावरण बनाउनुपर्छ। एआई कम्प्युट केन्द्र स्थापना गरेर युवा, विद्यार्थी र स्टार्टअपहरूलाई विश्वस्तरीय प्रविधिमा पहुँच दिन सके नेपाल दक्षिण एसियाकै डिजिटल हब बन्न सक्छ।” सो अवसरमा पूर्व अध्यक्ष मल्लले देशव्यापी रूपमा ‘स्किल-फर्स्ट’ (सीपलाई प्राथमिकता) को अवधारणा र अभियान अघि बढाएकोमा टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीको विशेष प्रशंसा समेत गरे ।

‘सर्टिफाइड’ मात्र होइन, ‘क्वालिफाइड’ जनशक्ति: चिरञ्जीवी अधिकारी

कार्यक्रमका मुख्य वक्ता, क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले ‘सर्टिफिकेट’ भन्दा ‘सीप’ लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

अधिकारीले भने “हामीले परम्परागत शिक्षा प्रणालीबाट माथि उठेर बजारको मागअनुसारको एआई, साइबर सुरक्षा र डाटा साइन्सका व्यावसायिक कोर्षहरू भित्र्याएका छौँ। एआईले कसरी काम गर्छ भन्ने बुझ्नु मात्र पर्याप्त छैन, त्यससँगै आउने साइबर जोखिम न्यूनीकरण गर्न र सुरक्षित डाटा-ड्रिभन निर्णय लिन सक्ने जनशक्ति आजको आवश्यकता हो।”

उनले थपे, “नेपालको युवा प्रतिभालाई स्वदेशमै रोक्न, नवप्रवर्तनलाई बढावा दिन र डाटा सुरक्षित राख्दै उच्च मूल्यको रोजगारी सिर्जना गर्न डिजिटल अर्थतन्त्रका साथै एआई अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ।”

समारोहमा सफ्टेड ग्रुपका चेयरपर्सन विज्ञान श्रेष्ठले एआई इन्जिनको विकास र स्वदेशी प्रविधिलाई बढावा दिन सरकारले स्टार्टअपहरूलाई कर छुट र विशेष सहुलियत दिनुपर्ने माग गरे । सफ्टेड ग्रुप नेपाली युवाहरूको क्षमता अभिवृद्धिका लागि गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

कार्यक्रम टेक पाईला इनोभेसन्सका गण्डकी प्रदेश क्षेत्रीय निर्देशकको अध्यक्षतामा सम्पन्न भएको थियो । जसले यस प्रविधि अभियानलाई प्रादेशिक स्तरमा नेतृत्व गर्ने जिम्मेवारी सम्हाल्नुभएको छ।

सूचना प्रविधि क्षेत्रका दिग्गजहरूको उपस्थिति

उद्घाटन समारोहमा, क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर (जसले बाल्यकालदेखि नै प्राविधिक सीपको आवश्यकता रहेको औंल्याउँदै क्यानको अभियानबारे चर्चा गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi