Skip to content

सेयर बजार घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।
आज सेयर बजारसंगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक १.७७ प्रतिशत घटेको छ। आज कालिञ्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको कम्पनीको सेयरमूल्य ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४६ लाख २९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T