Skip to content

यस्ता छन् मन्त्रिपरिषद् बैठकले आज गरेका ४ निर्णय

nabil bank
काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।
 शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको बैठकले चार वटा निर्णय गरेको बताए ।
जसमा तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।
यस्तै निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
यस्तै विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको छ ।
यस्तै पूर्वगृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi