Skip to content

बैंकको अधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप खिच्दै गर्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि ६० अर्ब निक्षेप प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले पैसा खिच्ने भएको हो ।

राष्ट्र बैंकले आज निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले प्रशोचन गरेको २३ दिने निक्षेप संकलन उपकरणको असार १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi