Skip to content

चेक अनादर मुद्दामा फरार रहेका नेपाल पक्राउ

nabil bank

काठमाडौं । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

वादी युवराज खत्री र प्रतिवादी निज फणिन्द्र नेपाल भएको चेक अनादर मुद्दा ९०७७–सी४–१६१५० मा काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका निजलाई बूढानीलकण्ठ–१० कटारी बस्तीबाट पक्राउ गरिएको उहाँले बताए ।

पक्राउ परेका नेपाललाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ३३७ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा रु २१ लाख १८ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जसअनुसार मादकपदार्थ सेवन गरेका ७५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका एक सय २७, सङ्केत बत्ती उल्लङ्घनकर्ता एक सय ३८ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका एक सय ४८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ७०, निषेधित क्षेत्रमा हर्न बजाउने दुई सय ५०, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने एक सय ३८, एकतर्फी सडकमा सवारी चलाउने एक सय ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi