Skip to content

इन्द्रप्रस्थ अपोलो अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

nabil
global ime

काठमाडौं । नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो अस्पताल र नेपालस्थित प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी , प्रभु बैकंका मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरु लाई औषधी र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोला हस्पीटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु विष्ट को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत् करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T