काठमाडौं । विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । आज अपराह्न २ बजेका लागि निर्धारण गरिएको बैठक ३:१५ बजे सुरु भएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबीचका बैठकहरू अवरुद्ध गर्दै आएकामा सरकारका तर्फबाट त्यस विषयमा आजको बैठकमा प्रष्ट पारिने समझदारीपश्चात् बैठक सुरु भएको हो ।
बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण गराए ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा आव २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ ।












प्रतिक्रिया दिनुहोस्