Skip to content

राष्ट्र बैंकले गर्यो अन्तर बैंक कारोबार र मेरो कित्तामा नयाँ व्यवस्था लागू

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक कर्जा र मेरो कित्ता सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।

राष्ट्र बैंक ऐन, २०५८ को धारा ७९ अन्तर्गत इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि आफ्नो एकीकृत निर्देशन, २०८२ लाई परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरु जस्तै: जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजस्व अनलाईनमार्फत् भुक्तानीका लागि मेरो कित्ता प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणालीमार्फत् गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्था बीच हुने कर्जा कारोबार अन्तरबैंक कारोबार/सापटीमा गणना नहुने जनाएको छ ।

यस्तै सञ्चालित कार्यक्रमको विवरण राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi