Skip to content

दीपक भट्ट, शुलभ अग्रवाल, सुरेन्द्र थापा र शेखर गोल्छासहित ३९ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर (पूर्णपाठ)

काठमाडौं । विशेष सरकारी वकिलको कार्यालयले दीपक भट्ट, शुलभ अग्रवाल, बीमा प्राधिकरणका पूर्व अध्यक्ष २ जनासहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

३९ जनामा ३४ जना व्यक्ति र ५ वटा कम्पनी रहेका छन् । उनीहरु विरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको जनाइएको छ ।

उनीहरुले गैरकानुनी स्रोतबाट आर्जित सम्पत्तिलाई वैध देखाएको दाबी गरिएको छ ।

कार्यालयले शुलभ अग्रवाल, दीपक भट्ट, सन्दीप चाचन अग्रवाल, शाहिल अग्रवाल, शेखर गोल्छा, हिमालयन रिइन्स्योरेन्सको सीईओ उपासना पौडेल, राज बहादुर शाह, नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापा, बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझा र मदन दाहाल लगायत ३९ जना विरुद्द दायर भएको छ ।

भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ भने शुलभ अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १ सय २४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ।

यस्तै शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi