काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई चेक बाउन्स (चेक अनादर) केसमा परेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउपछि उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिएको चेक अनादर भएको स्रोतको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्