काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर घट्नेक्रम बढ्दै गएको छ । जेठको तुलनामा असारमा बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर औषतमा ०.०५ प्रतिशत बिन्दुले घटेर ४.२९ प्रतिशत रहेको छ । जेठमा ४.३४ प्रतिशत रहेको थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा १५ वटाको ब्याजदर स्थिर रहेको छ भने ५ वटा बैंकको ब्याजदर थप घटेको छ ।
ब्याजदर थप घटाउने बैंकमा हिमालयन, एनआईसी एशिया, एनएबी, प्राइम र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकको र राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यी बैंकले मुद्दति निक्षेपमा ४.७५ प्रतिशत ब्याज दिनेछन् ।
यस्तै सबैभन्दा कम ब्याजदर स्टयान्डर्ड चार्टर्ड बैंकको ३.९५ प्रतिशत रहेको छ ।













प्रतिक्रिया दिनुहोस्