Skip to content

भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन धेरै कमाउने ५ कम्पनी

 

काठमाडौं । बुधबार सेयर बजारमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार हुने साताको चौथो दिने बुधबार सेयर बजारमा १० प्रतिशतको वृद्धि भएको छ । बुधबार यो कम्पनीको मूल्यमा ९० रुपैयाँ ४० पैसाले वृद्धि भएको छ ।

यो कम्पनीको सेयर मूल्य ९९४ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ । सेयर बजार परिसूचक समग्रमा ५ दशमलव ८३ अंकले घटेको दिन सेयर बजारमा ५८ कम्पनीको सेयर मूल्य बढेको थियो ।

बुधबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये सेयर मूल्य धेरै बढ्ने कम्पनीको दोस्रो नम्बरमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेको यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १०६ रुपैयाँ ७० पैसाले बढेर १ हजार १९२ रुपैयाँ पुगेको छ ।

यो अघिल्लो दिनको भन्दा ९.८३ प्रतिशतले बढेको हो । बुधबार माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा पनि उच्च वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ९.६५ प्रतिशतले बढेको छ । यो दिन यो कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले बढेर प्रतिकिता ५०० रुपैयाँ पुगेर कारोबार बन्द भएको छ ।

बुधबार विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ७.९० प्रतिशत अर्थात ७९ रुपैयाँ ४० पैसाले बढेर १ हजार ८४ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ६.६४ प्रतिशत अर्थात ८७ पैसाले बढेर १ हजार २२६ रुपैयाँ पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima