Skip to content

वैशाख मसान्तसम्म वाणिज्य बैंकको नाफा करिब साढे ५६ अर्ब: पहिलो स्थानमा नबिल, एनआईसी एशियाको सबैभन्दा कम

nabil bank

काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख मसान्तसम्म ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बैंकहरुको नाफा गत आवको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ४७ अर्ब ७९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ७ वटा बैंकको नाफा घटेको छ भने बाँकी १३ बैंकको नाफा भने बढेको छ ।

नाफा घटेका बैंकमा ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, नेपाल बैंक, कृषि विकास बैंक, प्रभु बैंक र कृषि विकास बैंकको नाफा घटेको छ । बाँकी बैंकको नाफा बढेको छ ।

यो अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३६.८६ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा ३.०७ प्रतिशतले घटेर ५ अर्ब १९ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै कुमार बैंकको नाफा ८३३.१ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ रहेको छ । प्रतिशत आधारमा यो सबैभन्दा बढी हो ।

यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा २४.३ प्रतिशतले घटेर ३ अर्ब ८० करोड ३२ लाख रुपैयाँ, र एभरेष्ट बैंकको नाफा ५.१८ प्रतिशतले घटेर ३ अर्ब ७० करोड १२ लाख रुपैयाँ रहेको छ ।

यस्तै नेपाल बैंकको नाफा ९.१४ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ८० लाख, कृषि विकास बैंकको नाफा ७.८९ प्रतिशतले बढेर १ अर्ब ५९ लाख ६९ लाख, प्रभु बैंकको नाफा ४१.७ प्रतिशतले घटेर १ अर्ब १६ करोड ६७ लाख रुपैयाँ रहेको छ । यो अवधिमा सबैभन्दा कम नाफा कमाउने एनआईसी एशिया बैंक रहेको छ । बैंकको नाफा ३०.४ प्रतिशतले घटेर ३३ करोड २९ लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi