Skip to content

कामाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम: काठमाडौंका ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई प्राथमिकतामा

nabil
global ime

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । यो पटक विगत वर्षहरुमा झैँ काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिए।

परिवर्तित परिवेश र काठमाडौंवासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी नीति तथा कार्यक्रम तयार गरेको उनले जानकारी दिइन् । त्यसैगरी यो पटकको नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको पनि उनले जानकारी दिइन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को लागि नगरसभाको यस बैठकमा प्रस्तुत भएको काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट संघीय राजधानी काठमाडौँको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा गरेको छु,’ उनले भनिन् ‘काठमाडौँ महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T