Skip to content

काठमाडौं महानगरले फोहरमैलाको उचित व्यवस्थापन गर्न ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोग गर्ने

nabil bank

काठमाडौं । फोहर निःशुल्क, सशुल्क, न्यूनिकरण, सृजनात्मक पुनः चक्रिय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रबर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहरमैलाको उचित व्यवस्थापन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो ।

‘स्थानान्तरण केन्द्रबाट निस्काशित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानहरुलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रुपमा विकास तथा विस्तार गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्धार प्रणाली मार्फत शुल्क सङ्‍कलन गर्ने व्यवस्था मिलाईनेछ। बन्चरेडाँडा ल्यान्डफिल साईटमा फोहरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहरको परिमाण र प्रकृतिको आधारमा वित्तिय साझेदारी गर्न पहल गरिनेछ।’

फोहरमैला व्यवस्थापनलाई अनलाईन एपका माध्यमवाट सूचना तथा विवरण महानगरपालिका सम्बद्ध कार्यालय, सेवाप्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाउने, उचित प्रविधिको प्रयोग गरी वायू, जल, जमिन, ध्वनी, दृष्य आदि प्रदुषण नियन्त्रण गर्ने, सङ्‍घ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदुषण नियन्त्रण तथा न्यूनिकरणका कार्यक्रम सञ्चालन पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi