Skip to content

काठमाडौं महानगरले निःशुल्क पिउने पानी र सार्वजनिक शौचालयको बुथ थप्ने

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी योजना अन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ । महानगरको आगामी आवको नीति तथा कार्यक्रममा यो उल्लेख गरिएको छ ।

‘विपद् व्यवस्थापनसँग सम्बन्धित सूचना तथा विवरणहरुलाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गरिनेछ। मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ। मौषमजन्य विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी तथा प्रतिकार्यलाई प्राथमिकतामा राखिनेछ।’

विद्यालय, अस्पताल, होटल, सपिङ मल, सार्वजनिक भवन तथा बहुउद्देश्यीय संरचनाहरुको विपद् सुरक्षा मापदण्ड तर्जुमा गरी सो को प्रभावकारी कार्यान्वयन, सुपरीवेक्षण तथा नियमित सुरक्षा परीक्षण कार्यक्रम सञ्चालन ल्याउने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

‘सार्वजनिक निजी साझेदारीमा सञ्चालित परियोजनाहरुको विस्तृत अध्ययन गरी आवश्यक सुधारको लागि सम्बद्ध पक्षसँग भएको सम्झौता पुनरावलोकन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महानगरवासीको स्वच्छ पिउने पानीको हकलाई प्राथमिकतामा राखी सहज, सुलभ र गुणस्तरीय पानी वितरणमा सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ। निःशुल्क पिउने पानी तथा सार्वजनिक शौचालयको अवधारणालाई निरन्तरता दिन थप स्थानहरुमा खानेपानी वुथ तथा सार्वजनिक शौचालयको निर्माण गरिनेछ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi