Skip to content

राष्ट्रिय सभाबाट चार अध्यादेश स्वीकृत

राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहता काठमाडौँ, ५ असार : सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव माथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता ।तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो ।

सो अध्यादेश सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi