काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टी सञ्चालनमा रवि लामिछाने, बालेन्द्र शाहले निकै कुशलतापूर्वक काम गरेको स्मरण गरेका छन् ।
रास्वपाको महाधिवेशनमा यस्तो स्मरण गराएका हुन् ।
यसअघिका दलहरुले पाएको जनमत पनि नेताहरुले अपमान गरेका कारण अहिलेको अवस्था आएको बताए ।
जनमत पाएका पार्टी आफुलाई सम्हाल्न नसकेर फुट्दा नेपाली जनताले धेरै क्षति व्यवहोरेको उल्लेख गरे ।
काँग्रेस रास्वपाको प्रतिस्पर्धी भएको र एक दिन रास्वपा भन्दा अग्लो बन्ने दाबी गरे । उनले आफ्नो पार्टीको दुर्गन्ध, फोहोर सफा गरेर अग्लो बन्ने बताए ।
उनले काँग्रेस रास्वपाको शत्रु नभएको तर प्रतिपक्षी भएको समेत जानकारी गराए । भदौ २३ र २४५ गते निकै ठूलो धक्का लागेको स्मरण गरे । उनले गरिबी, अज्ञानता आफ्नो दुश्मन भएको उनको दाबी छ ।
आफ्नो पार्टीले दलका नेताहरुलाई भगवान मान्दा समस्या भएको उनको भनाइ छ ।
लामो समयपछि नेपालका राजनीति एक ठाँउमा आएर थामिएको उनको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्