Skip to content

नेपालीले किने ११ महिनामा ४३ अर्ब ४५ करोडको स्मार्ट फोन, कुन देशबाट कति आयात ?

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा  ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँको २० लाख ४१ हजार १९९ थान स्मार्ट फोन आयात भएको छ ।

गत आर्थिक वर्ष सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरको फोन आयात भएको भन्सार विभागले जनाएको छ । उक्त रकमको स्मार्ट फोन आयात हुँदा सरकारले ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व पाएको छ ।

यो अवधिमा सबैभन्दा बढी फोन चीनबाट आयात भएको छ । चीनबाट ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरको १७ लाख १० हजार ९१० थान स्मार्ट फोन आयात भएको छ ।

यस्तै चीन पछि धेरै फोन आयात भारतबाट भएको छ ।

यो अवधिमा भारतबाट ९ अर्ब ८२ करोड ७६ लाख ४ हजार रुपैयाँ बराबरको ३ लाख १९ हजार ५८२ थान फोन आयात भएको छ । यस्तै अमेरिकाबाट यो अवधिमा १७ करोड ६६ लाख ३२ हजार रुपैयाँको १ हजार ४२५ थान फोन आयात भएको छ ।

नेपालमा धेरै फोन चीन, भारत, अमेरिकाका साथै अष्ट्रेलिया, यूएई, जापान, कम्बोडिया, दक्षिण कोरिया, बेलायत, कतार, क्यानडा, हङकङ, मलेसिया, पोर्चुगल, बंगलादेश, साउदी अरब, फिनल्याण्ड, इजरायल, न्यूजिल्याण्ड, कुवेत लगायत देशबाट आयात हुने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi