Skip to content

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा एक साता पनि टिकेनन् कपुर

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत ( कामु सीईओ) मा मुकेश कुमार कपुर एक साता पनि टिकेनन् ।

कम्पनीले उनलाई असार ३ गते कामू सीईओमा नियुक्त गरेको थियो । उनै कपुरले सोमबार राजीनामा दिएका छन् ।

कामू सीइओ बन्नु अघि उनी कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

कम्पनीकी सीईओ उपासना पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण निलम्बनमा परेपछि कम्पनीको नेतृत्व निरन्तरता दिन कपुरलाई कायममुकायम सीईओ नियुक्त गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T