Skip to content

टेलि डिरेक्ट प्रालिले हिमालयन रिइन्स्योरेन्सका सञ्चालकबाट पृथ्वीराज थापालाई फिर्ता बोलायो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संस्थापक सेयरधनी टेलि डिरेक्ट प्रालिले आफ्नो तर्फबाट मनोनित सञ्चालक पृथ्वीराज थापालाई फिर्ता बोलाएको छ। कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गर्दै उक्त जानकारी गराएको हो।

हिमालयन रिइन्स्योरेन्सका अनुसार संस्थापक सेयरधनी टेलि डिरेक्ट प्रालिबाट प्राप्त पत्रमा सञ्चालक थापालाई फिर्ता बोलाउने निर्णय गरिएको उल्लेख छ। साथै, हालका लागि कम्पनीको तर्फबाट रिक्त रहने उक्त सञ्चालक पदमा नयाँ प्रतिनिधि नपठाइने पनि जनाइएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima