Skip to content

बिजनेस न्युजको समाचार हटाउन अदालतको आदेशप्रति संघको गम्भिर ध्यानाकर्षण

काठमाडौं । अनलाइन पत्रकार संघले बिजनेस न्युज डटकममा प्रकाशित समाचार सामग्री हटाउन जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्ला अदालत काठमाडौंले बिजनेसन्युज डटकममा प्रकाशित साइमेक्स इन्क प्रालिसम्बन्धी समाचार हटाउन आदेश दिएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा अदालतको आदेशले पत्रकारिता र प्रेस स्वतन्त्रताको मूल मर्ममाथि प्रश्न उठाएको जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले जेठ २५ गते जारी गरेको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै सम्बन्धित समाचार सामग्री अन्तिम निर्णय नहुँदासम्म प्रकाशन–प्रसारण नगर्न, गराउन तथा प्रकाशित सामग्री अनलाइन माध्यमबाट हटाउन आदेश दिएको थियो ।

संघले जारी गरेको विज्ञप्तिमा पत्रकार आचारसंहिता, २०७३ को दफा ५ (८) अनुसार अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार सकेसम्म हटाउनु नहुने व्यवस्था गरेको स्मरण गराएको छ ।

संघले अदालतले समाचारको सत्यता वा असत्यताको विषयमा कुनै निष्कर्षमा नपुगी समाचार हटाउन आदेश दिएको भन्दै चिन्ता व्यक्त गरेको छ। अन्तिम फैसला हुनुअघि नै समाचार हटाउने आदेशले पत्रकारिताको मूल उद्देश्य र सार्वजनिक सरोकारका विषयमा सूचना प्रवाह गर्ने अधिकार कमजोर हुने संघको दाबी छ ।

विज्ञप्तिमा यसअघि पनि नेपालखबर डटकम र सेतोपाटी, जिमाण्डू डटकममा प्रकाशित समाचार हटाउन अदालतबाट अन्तरकालीन आदेश जारी भए पनि पछि ती आदेश खारेज भएका उदाहरण रहेको उल्लेख छ ।

संघले प्रेस स्वतन्त्रताको संवर्द्धन र संरक्षणमा अदालतबाट सकारात्मक भूमिका रहने विश्वास व्यक्त गर्दै अन्तिम न्यायिक निर्णयलाई सम्मान गर्न, संविधान र कानुनको पालना गर्न तथा न्यायपालिकाको गरिमालाई कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi