Skip to content

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका पदाधिकारीलाई प्रभावमा पारेर लिएको ऋण अपचलन गर्ने कार्की १३ वर्षपछि पक्राउ

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर लिएको ऋण अपचनल गर्ने सविता कार्कीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चारित्रिक विल्डर्स प्रालिको सञ्चालक समेत रहेकी कार्कीलाई आज काठमाडौंको गोकर्णेश्वर–४ बाट पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेकी कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले चारित्रिक बिल्डर्स प्रालि नाममा कम्पनी दर्ता गरी नक्कली कागजात तयार पारेको, हाउजिङ तथा निर्माण कार्यका नाममा कृत्रिम व्यवसायिक तथा परियोजना विवरण खडा गरी तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर ऋण स्वीकृत गराएको आरोप छ ।

कार्कीले लिएको ऋण रकम सम्बन्धित परियोजनामा लगानी नगरी अन्यत्र प्रयोग गरिएको अभियोगमा उनीविरुद्ध बैंकिङ कसुर मुद्दा दायर गरिएको थियो ।

उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलालाई आधार मान्दै जिल्ला अदालत काठमाडौंले कार्कीलाई तीन वर्ष कैद तथा ८ करोड ५० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित प्रक्रिया अघि बढाउन काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima