काठमाडौं । सेयर बजार परिसूचक बिहीबार पनि घटेको छ । अघिल्लो दिन पनि घटेको सेयर बजार परिसूचक बिहीबार पनि झिनो अंक घटेको हो ।
बुधबार पनि सेयर बजार परिसूचक ५ दशमलव ५८ अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार १ दशमलव ९३ अंकले घटेको हो । बिहीबारको कारोबार बन्द हुँदा परिसूचक २०७७ दशमलव ७८ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन कारोबार भएका कम्पनीमध्ये १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार सेयर बजार परिसूचकमा ३२२ कम्पनीका ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ५९ हजार ६५० पटक खरिद बिक्री भएका छन् । बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएको सेयर बजारमा बिहीबार ४ अर्ब बढीको कारोबार भएको छ । बिहीबारको कारोबार बन्द हुँदा नेप्सेमा ४ अर्ब ३८ करोड ८३ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै बिहीबार ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २७ अंकले घटेर ३७० दशमलव ३४ विन्दुमा पुगेको छ । बिहीबार १३ उप समूहमध्ये ५ उप सूचकको सेयर मूल्य बढेको छ भने बाँकी उप समूहको सेयर मूल्य घटेको छ ।












प्रतिक्रिया दिनुहोस्