Skip to content
Prabhu

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन धेरै बढ्ने ५ कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार झिनो अन्तरले घट्यो । अघिल्लो दिनको भन्दा १ दशमलव ९३ अंकले घटेर सेयर बजार बन्द भएको भयो । कारोबार भएका कम्पनीमध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्यो ।

बिहीबार कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबार बन्द हुँदा इमर्जिङ नेपाल लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेको हो । बिहीबार इमिर्जिङ नेपालको सेयर मूल्य ९२ रुपैयाँ ९० पैसाले ले बढेर १ हजार २१ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६४ रुपैयाँले बढेर ७०४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

सेयर बजारमा बिहीबार धेरै मूल्य बढ्ने शिर्ष पाँच कम्पनीमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेड रहेका छन् । बिहीबार बुद्धभूमि नेपालको सेयर मूल्य ९.८८ प्रतिशत अर्थात् ६४ रुपैयाँ ३० पैसाले बढेर ७१५ रुपैयाँ पुगेको छ । त्यस्तै माण्डु हाइड्रोपावरको सेयर मूल्य ८.४३ प्रतिशत अर्थात् ७० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको छ । सुपर मादी हाइड्रोको सेयर मूल्य ७.५८ प्रतिशत अर्थात् ४१ रुपैयाँ २० पैसाले बढेर ५८५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal