Skip to content

राष्ट्रिय सहकारी बैंकले माग्यो २ जना विज्ञ सञ्चालक, कति चाहिन्छ योग्यता ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले २ जना विज्ञ सञ्चालक पदमा दरखास्त आह्वान गरेको छ ।

बैंक सञ्चालक समिति सम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशन बमोजिम बैंकमा विज्ञ सञ्चालक पदमा दरखास्त आह्वान गरेको जनाएको छ ।

बैंकिङ विज्ञ र सहकारी विज्ञ पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने भएकोले योग्य तथा इच्छुक नेपाली नागरिकहरूका लागि दरखास्त आह्वान गरेको जनाएको छ । बैंकले बैंकिङ विज्ञ र सहकारी विज्ञ पदका लागि आवेदन दिन सम्बन्धित क्षेत्र (बैंकिङ / सहकारी) मा उच्च शैक्षिक योग्यता, प्रयाप्त अनुभव तथा नेपाल राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार योग्य हुनुपर्नेछ ।

निवेदन साथ पेश गर्दा प्रत्येक पृष्ठमा हस्ताक्षर सहितको विस्तृत व्यक्तिगत विवरण, नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा कार्य अनुभवका प्रमाणपत्रहरू (स्व – प्रमाणित प्रतिलिपि) र ५ हजार शब्द ननाघ्ने गरी तयार गरीएको अवधारणा पत्र चाहिने छ ।

बैंकिङ विज्ञका लागि सहकारीको सिद्धान्त र नेपाल राष्ट्र बैंकको नियामकीय प्रबन्ध अनुरुप राष्ट्रिय सहकारी बैंकको एसडब्लूओटी विश्लेषण सहित व्यवसायको मोडालिटी बारेमा अवधारणा पत्र पेश गर्नुपर्ने छ ।

सहकारी विज्ञका लागि राष्ट्रिय सहकारी बैंकको दिगो बिकासका लागि रणनीतिक अवधारणा, सुशासन, जोखिम व्यवस्थापन र दिगोपनाका बारेमा बैंकको एसडब्लूओटी विश्लेषण सहित अवधारणा पत्र पेश गर्नुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi