काठमाडौं । जीवन बीमा कम्पनी, लघु जीवन बीमक तथा वैदेशिक रोजगार म्यादी जीवन बीमाले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख २३ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।
११ महिनाको अवधिमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको हो ।
यसैगरी, हाल सञ्चालनमा रहेका तीनवटा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड ४५ लाख ६१ हजार रुपैयाँ यस्तो शुल्क आर्जन गरेका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार, जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले ११ महिनामा ४६ अर्ब १६ करोड ४३ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यसैगरी, सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने दोस्रो कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले २२ अर्ब २१ करोड १६ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १८ अर्ब ४८ करोड ३५ लाख ६१ हजार र हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब ७९ करोड ४३ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
त्यसैगरी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १० अर्ब ६२ करोड १० लाख २१ हजार, सूर्यज्योति लाइफ इन्स्योरेन्स १० अर्ब ५२ करोड ५० लाख ९३ हजार, एशियन लाइफ इन्स्योरेन्सले ८ अर्ब ७१ करोड ५१ लाख ११ हजार र सिटिजन लाइफ इन्स्योरेन्सले ७ अर्ब ५९ करोड ५६ लाख ७२ हजार बीमाशुल्क आर्जन गरेका छन्।
यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब ६४ करोड ४२ लाख ५२ हजार, आइएमई लाइफ इन्स्योरेन्सले ६ अर्ब १७ करोड ५९ लाख ६४ हजार, मेट लाइफले ६ अर्ब १० करोड ६५ लाख ५८ हजार, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब ४१ करोड ७ लाख ५२ हजार, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ अर्ब २२ करोड ३३ लाख ५९ हजार र सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ८३ करोड ५८ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
लघु जीवन बीमकतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ३८ करोड २१ लाख ९० हजार, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ३७ करोड ७८ लाख ४२ हजार र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ३० करोड ४५ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
यसेगरी, वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत ३ अर्ब ८ करोड २८ लाख ६ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
प्रतिक्रिया दिनुहोस्