Skip to content

प्रभु महालक्ष्मी लाइफको १८ लाख ९९ हजारभन्दा बढी संस्थापक सेयर बिक्री खुला

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले बिक्री गर्न चाहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक सेयर बिक्रि खुला गरेको छ ।

कम्पनीले शुक्रबार प्रकाशित सूचनाअनुसार यसअघि उक्त सेयर बिक्रीका लागि साविकका संस्थापक सेयरधनीहरूलाई ३५ दिनको अवधि दिईको छ । तर तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट यर खरिदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण व्यक्ति तथा संघ–संस्थालाई आवेदन दिन आह्वान गरिएको हो।

शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र नेपाल बीमा प्राधिकरण ले निर्धारण गरेको फिट एन्ड प्रपर टेस्ट सम्बन्धी मापदण्ड पूरा हुने आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima