काठमाडौं। हिमालयन बैंक लिमिटेडको बानेश्वर शाखा असार १५ गतेदेखि नयाँ भवनबाट सञ्चालनमा ल्याउने भएकाे छ। बैंकका अनुसार शाखा हालको कार्यालयबाट करिब १०० मिटर पश्चिम, काठमाडौं महानगरपालिका–१० स्थित इन्द्रेणी कम्प्लेक्सको अगाडि रहेको भवनमा स्थानान्तरण गरिएको हो।
बैंकले शाखा स्थानान्तरणका कारण सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नयाँ स्थानबाट पनि सहज, छिटो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने जनाएको छ। थप जानकारीका लागि बैंकले आफ्नो आधिकारिक सम्पर्क माध्यममा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्