Skip to content

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा धुँवा, भैरहवामा आपतकालीन अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ ।

उडानको क्रममा विमानको ककपिटमा अचानक धुवाँ देखिए पछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराएको हो ।

विमानले आज अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो ।

विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको बताइएको छ ।

भैरहवामा रहेका यात्रुलाई गन्तव्यसम्म श्री एयरलाइन्सले अर्को जहाजमा पठाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi