Skip to content

‘‘दहीको राजा” भक्तपुरको जुजु धौ: दही चिउरा खान यस्तो छ दही बनाउने तयारी

भक्तपुर । आज मनाइने धान दिवस र दही चिउरा खाने दिनको लागि भकत्पुरमा जुजुधौको माग बढेको छ । भक्तपुरका जुजु धौ व्यवसायी धौ बनाउन व्यस्त छन् । दुध उमाल्न र जुजु धौ बनाउन मै उनीहरु व्यस्त छन् ।

मानिसहरुमा जुजु धौको स्वादले पारेको प्रभावका कारण माग बढेको छ ।

मल्लकालीन समयदेखि नै “दहीको राजा” उपमा पाएको भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यो सधैं मानिसहरुको रोजाइमा पर्ने गरेको छ । यसको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्छ । जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिन्छ ।

दुध उमाल्ने बेलामा कति दुध उमाल्ने हो त्यही अनुसार नै नापेर चिनी हाल्ने र त्यसमा सुकुमेल मिसाइन्छ ।

दुध उमालेपछि माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्ने गरिन्छ । उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही (जोर्डन) राख्नुपर्दछ र न्यानो हुनेगरी छोपेर राख्नुपर्दछ । यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi