Skip to content

किसानलाई करौंडौ अनुदान होइन मल,बीउ र उचित मूल्य देउ: महासचिव पोखरेले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई किसानलाई सरकारले करौंडौं अनुदान होइन मल,बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन् ।

धान दिवशको अवशरमा शुभकामना सन्देश दिंदै महासचिव पोखरलले यस वर्ष अनियमित वर्षा र खेडरीको सम्भावना रहेकोले किसानलाई हुने ठूलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा कृषि बिमाको पूर्ण सुनिश्चित गर्नुपर्ने बताए ।

पोखरेलले कृषिमा २ करोड रुपैंया भन्दा बढी लगानी गर्ने किसानलाई अनुदानको घोषणा गर्नु नराम्रो नभए पनि आम किसानको भन्दा बढ्ता हैसियतको यो घोषणाले साना किसानलाई कुनै प्रभाव नपर्ने उनको भनाइ छ ।

‘सरकारले कृषिमा २ करोड रुपैंयाभन्दा बढी लगानी गर्नेहरुका लागि आकर्षक अनुदानको घोषणा गरेको छ । व्यावशायिकता र आधुनिकिकरणका लागि यो कदम आफैंमा नराम्रो होइन’ पोखरेलले लेखेका छन् ‘तर प्रश्न उठ्छ के आम नेपाली किसानको हैसियत त्यती ठूलो लगानी गर्न सक्ने बनेको छ र ?’

कृषि र किसानको प्रशंशा गर्दै महासचिव पोखरेलले भौतिक रुपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्व नघटेको उनले प्रष्ट पारेका छन् । सरकारले यो वास्तविकतालाई स्विकार्नुको साटो अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र मझौला र किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको स्पष्ट पारेका छन् ।

‘वर्तमान सरकार नीति तथा कार्यक्रममै घोषणा गरेर मध्यम वर्गको पोषण को कुरा गरिरहेको छ ’ पोखरेलले लेख्छन् ‘मध्यम वर्ग आफैं पनि संघर्ष गरेर जीउन सक्ने तर अहोरात्र उत्पादनको काममा अहोरात्र जुटिरहेको भुँइमान्छेलाई राज्यको ओत र संरक्षणको बढी आवश्यकता पर्दछ । ’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi