Skip to content

राष्ट्र बैंकले आधा दर्जन लघुवित्तलाई गर्‍यो कारबाही, सीईओ र सञ्चालकलाई सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ६ वटा संस्थालाई शिघ्र शुधारात्मक कारबाही गरेको छ ।
यस्तै संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई चेतावनी दिएको छ ।

रष्ट्र बैंकले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, धौलागिरि लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिर लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय र सामुदायिक लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको हो । जसमा नेरुडे मिर्मिरे लघवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्थालाई २ पटक कारबाही गरेको हो ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै धौलागिरीले संस्थाको कर्मचारी सेवा विनियमावली, २०८० को विनियम ९५ मा सेवामा पुन: कायम गर्न सक्ने सम्बन्धी व्यवस्थाको मर्म विपरित हुनेगरी नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको तथा स्पष्ट आधार र कारण विना निज संस्थामा बहाल नरहेको अवधिको रकम समेत नियम विपरित प्रदान गरेको पाईएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को (क) बमोजिम अब उप्रान्त यस्तो कार्य नगर्नु, नगराउनु हुन उक्त निर्णयमा संलग्न अध्यक्ष सिर्जना थापा, सदस्यहरु सुमन प्रसाद श्रेष्ठ, जिवन आचार्य, सालिक राम शर्मा, चेत प्रसाद सापकोटा, गणेश पौडेल र रेशम लाल सापकोटालाई सचेत गराईएको छ ।

यस्तै सीवाईसी लघुवित्तले सञ्चालक समितिले सवारी साधन खरीद गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावलीमा भएको व्यवस्थाबमोजिम तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम सञ्चालक समितिलाई अब उप्रान्त यस प्रकारकोकार्य नगर्नु/नगराउनु हुन अध्यक्ष पद्मनाथ शर्मा, सञ्चालक प्रा.डा. तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवन प्रसाद पौडेल, सुमन घर्ती क्षेत्री, मुनादेवी खनाल र दिलीप पौडेललाई सचेत गराइएको छ ।

साथै संस्थाले २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.२० प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

राष्ट्र बैंकले नेरुडे लघुवित्तले कर्जा नोक्सानी व्यवस्था कायम गरेको रकम ८१ करोड ५५ करोड फिर्ता गरी आम्दानी जनाउँदा त्यसरी फिर्ता गरेको नोक्सानी व्यवस्था रकमको विवरण कुन कुन ऋणीको हो भन्ने यकिन नगरी यस बैंकको निर्देशन विपरित हुने गरी आम्दानी लेखाङ्कन गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम अब उप्रान्त यस्तो कार्य नदोहोर्‍याउन संस्थाको प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई सचेत गराईएको छ ।

यस्तै संस्थाले गत असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.०१ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

गणपति लघुवित्तले गत असोज मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.०६ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

यस्तै सामुदायिक लघुवित्तले पनि गत असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi