Skip to content

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब रु २० लाख ५० हजार बराबरको ‘आइफोन’ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारी बरामद गरिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi