Skip to content

सुन–चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ हजार ५०० रुपैयाँ र चाँदी प्रतीतोला २५ रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ९०० सय रुपैयाँ कारोबार भएको छ। सोमबारको सुन तोलामा २ लाख ८२ हजार ४०० सय रुपैयाँ किनबेच भएको थियो।

यसैगरी, आजको बजारमा चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T