Skip to content

होटल संघ नेपाल बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेजू मनोनयन

काठमाडौं । होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा भिलेज हाइल्याण्ड्स रिसोर्ट, रानीकोट, भक्तपुरका प्रबन्ध निर्देशक राम सुन्दर बकेजूलाई मनोनयन गरेको छ।

असार १४ गते बसेको संघको कार्यसमिति बैठकको निर्णयअनुसार अध्यक्ष विनायक शाहले बकेजूलाई उक्त जिम्मेवारी दिए ।

नवनियुक्त अध्यक्ष बकेजूलाई बागमती प्रदेशका सबै जिल्लालाई समेटेर प्रभावकारी र समावेशी प्रादेशिक समिति गठन गर्ने जिम्मेवारी दिइएको छ ।

साथै, प्रदेशस्तरीय संगठन सुदृढीकरण, होटल व्यवसायीहरूको हकहित संरक्षण तथा पर्यटन क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको संघले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T