Skip to content

टेकपाइला इनोभेसन्ससँग बन्यो विशेष बीटूसी पार्टनर

बुटवल । लुम्बिनी टेक इनोभेसन सेन्टरको उद्घाटन गरिएको छ । टेकपाइला इनोभेसन्सको विशेष बीटूसी पार्टनरको रूपमा आएको हो ।

कार्यक्रममा लुम्बिनी क्षेत्रलाई ‘ग्लोबल टेक हब’ बनाउने दीर्घकालीन सोचसहित आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र डाटा साइन्स कोर्सहरूको मार्गचित्र प्रस्तुत गरिएको थियो ।

सेन्टरले उच्चस्तरीय सफ्टवेयर विकास, मोबाइल एप विकास, साइबर सुरक्षा परामर्श, डाटा सुरक्षाका साथै आईटी इन्कुबेसन सेन्टर र स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्ने सेवाहरू समेत प्रदान गर्नेछ ।

कार्यक्रमका नेपाल चेम्बर अफ कमर्स बुटवल, रुपन्देहीका कार्यवाहक महासचिव शिव ज्ञवालीले स्थानीय युवाहरूलाई आधुनिक प्रविधिको सीप सिकाएर आत्मनिर्भर बनाउने बताए । उनले यो अभियान समग्र अर्थतन्त्रका लागि सुखद रहेको बताए ।

कार्यक्रममा टेकपाइलाका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले लुम्बिनी टेक इनोभेसन सेन्टरलाई आधिकारिक बीटूसी पार्टनर सर्टिफिकेट’ हस्तान्तरण गरे । उनले यस सहकार्यमार्फत टेकपाइला इनोभेसन्सको बुटवल र वरपरका क्षेत्रमा प्रविधि विस्तार गर्ने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वेष्टर्न मेगा कलेजका प्रिन्सिपल किशु शर्माले दुबईको आकर्षक अन्तर्राष्ट्रिय जागिर छोडेर आफ्नै गृह जिल्लामा भुइँतहदेखि प्रविधिको विकास गर्न फर्किएका सेन्टरका अध्यक्ष धन बहादुर रानाको त्याग र लगावको उच्च प्रशंसा गरे । त्यस्तै, आईसीटीकी सिनियर फ्याकल्टी अस्मिता सेढाईंले यस क्षेत्रमा ‘सफ्टवेयर हब’ को अवधारणा ल्याइनु सरहानीय कार्य भएको उल्लेख गरे ।

क्यान महासंघका सचिव नारायण श्रेष्ठ, क्यान महासंघका केन्द्रीय कार्यसमिति सदस्य धु्रब राज फुयाँल (सुदीप शर्मा) र क्यान महासंघ रुपन्देही शाखाका अध्यक्ष जीवन अधिकारीले रुपन्देही जिल्ला र समग्र लुम्बिनी क्षेत्रका स्थानीय प्रतिभाहरूलाई समेटेर आईटी परामर्श र सेवा प्रवाह गर्ने यस कदमको स्वागत गर्दै पूर्ण सफलताको शुभकामना दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi