Skip to content

सुन–चाँदीको मूल्य सामान्य घट्यो, यस्तो छ आजको बजार भाउ 

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । अघिल्ला दिनहरूमा पनि निरन्तर घट्दै आएको सुनको मूल्य बुधबार पनि घटेको हो ।
बुधबार सुनको मूल्य तोलाको ६०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi